राप्रपा तनहुँको अध्यक्षमा केसी र घर्ती बिच भिडन्त हुने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँको ९औँ जिल्ला अधिवेशन आज (पौष २० गते, आइतबार) दमौलीमा सम्पन्न हुँदै छ। उद्योग वाणिज्य संघको हल, दमौलीमा बिहान ११:३० बजेदेखि सुरु भएको अधिवेशनमा खुला सत्र सकिएसँगै हाल बन्द सत्र सुरु भएको छ।
अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हालका जिल्ला अध्यक्ष विनोद कुमार घर्ती र इमबहादुर केसीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास पटक–पटक भए पनि दुवै उम्मेदवार चुनावमै जाने अडानमा रहेपछि सहमति जुट्न नसकेको हो। अध्यक्ष पदको निर्वाचन आजै गर्ने कि भोलि गर्ने भन्ने विषयमा भने अन्तिम टुंगो लाग्न बाँकी छ।
यस्तै, जिल्ला सदस्य पदका लागि रामकुमारी भुषाल, ज्योतिकुमार श्रेष्ठ, नानुमाया बस्नेत, लिलावती कडेल, सोमबहादुर आले, बाबुराम घिमिरे क्षेत्री र राजेन्द्र पौडेल उम्मेदवार बनेका छन्।

अधिवेशनमा कुल २ सय ४१ जना मतदाता सहभागी छन्।



























