बन्दीपुर–१ काे भंगेरी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भुजेल

बन्दीपुर–१ काे भंगेरी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भुजेल


भन्दीपुर–१ स्थित श्री भंगेरी आधारभूत विद्यालयमा भएको विद्यालय व्यवस्थापन समितिको भेलाले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। भेलाले अध्यक्षमा श्री गोविन्द बहादुर भुजेललाई चयन गरेको छ।
नवगठित समितिका सदस्यहरूमा श्री लक्ष्मी पुरी थापा, श्री सुशिला कुँवर, श्री कमला खड्गी, श्री नोक बहादुर राना र श्री चुमाया राना रहेका छन्।
शिक्षक–अभिभावक संघतर्फ अध्यक्षमा श्री लहमी थापा राना चयन हुनु भएको छ भने सदस्यहरूमा श्री ज्योति शाही अधिकारी, श्री एलिना अर्जेल, श्री अस्मिता गिरी, श्री सोविता खत्री, श्री सुनिता राना मगर र श्री अञ्जली चौडेल रहनुभएको छ।


वडा अध्यक्ष शिव कुमार श्रेष्ठ र वडा परिवारले नवगठित समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूलाई हार्दिक बधाई दिनु भएको छ र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
नयाँ नेतृत्वले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक संरचना विकास र विद्यार्थीहरूको समग्र शिक्षामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page