तनहुँमा एक्साभेटर मेसिन दुर्घटनामा एक मजदूरको मृत्यु

तनहुँमा एक्साभेटर मेसिन दुर्घटनामा एक मजदूरको मृत्यु


साेमबार साँझ करिब ८:३० बजेको समयमा जिल्ला तनहुँ, ऋषिङ गाउँपालिका–१, ड्याम साइड स्थित कालिका कन्ट्रक्सन निर्माणस्थलमा काम गरिरहेका २५ वर्षका महेन्द्र थापा माथि दुर्घटना घटेको छ।
स्थानीय कालिका कन्ट्रक्सन कम्पनी अन्तर्गत EX–०६६ न. को एक्साभेटर र बा.प्र.०६–००१ क ०२५१ न. को टिपर ले काम गरेर फर्किँदै गरेको अवस्थामा, एक्साभेटर अचानक ब्याक (पछाडि) हुदैं बेक भयो र त्यही क्रममा थापालाई च्यापेर गम्भीर घाइते गराएको प्रहरीले जनाएको छ।


घाइते थापालाई तत्काल रत्नहरी अस्पताल, दमौली ल्याएकाेमा डाक्टरले मृत घोषित गरेका थिए ।
दुर्घटनामा संलग्न टिपर चालक ३३ वर्षीय जीवन् कुमार गोले (चितवन राप्ती न.पा.–२) र एक्साभेटर चालक २२ वर्षीय विशाल थारु (बर्दिया बारबर्दिया गा.पा.–८) लाई जिल्ला प्रहरी कार्यालय तनहुँ ले नियन्त्रणमा लिएको छ।
मृतकको शव अहिले प्रदेश अस्पताल दमौलीको शव गृह मा राखिएको छ र थप अनुसन्धान तथा अनुसन्धानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page