ऋषिङ्गमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी समुदायस्तरीय अभिमुखीकरण सम्पन्न

ऋषिङ्गमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी समुदायस्तरीय अभिमुखीकरण सम्पन्न


तनहुँ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत तनहुँ जिल्लाको ऋषिङ्ग गाउँपालिका वडा नं. ३ का नाजुङ्ग र दुबुङ्गमा समुदायस्तरीय अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम सम्पन्न भएको छ।
नाजुङ्गमा यही २१ गते र दुबुङ्गमा २२ गते आयोजना गरिएको उक्त कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा लाभदायी बनाउन आवश्यक जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने प्रक्रिया, आवश्यक कागजात, सीप विकास, जोखिम न्यूनीकरण तथा सुरक्षित आप्रवासनसम्बन्धी विषयमा सहभागीलाई सचेत गराइएको थियो।
स्थानीय समुदायलाई वैदेशिक रोजगारीका अवसर र चुनौतीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।


कार्यक्रममा सक्रिय सहभागिता जनाउने सम्पूर्ण सहभागीलाई आयोजक संस्थाले धन्यवाद व्यक्त गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page