दमौली बजार इकाइकाे उपसभापतिमा मल्ल र कोषाध्यक्षमा भण्डारी निर्विरोध , सभापतिमा मतदान

दमौली बजार इकाइकाे उपसभापतिमा मल्ल र कोषाध्यक्षमा भण्डारी निर्विरोध , सभापतिमा मतदान

तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाइको नयाँ नेतृत्व चयन प्रक्रिया सर्वसम्मतिको अभ्याससँगै अघि बढेको छ। उपसभापति र कोषाध्यक्ष पदमा उम्मेदवारी फिर्ता भएपछि पदाधिकारीहरू निर्विरोध तथा सर्वसम्मत रूपमा चयन भएका छन् भने सभापति पदका लागि आज मतदान हुँदैछ।
उपसभापति पदमा नारायण मल्ल, ठाकुर प्रसाद पौडेल र विकल्प श्रेष्ठबीच प्रतिस्पर्धा हुने भनिए पनि अन्तिम समयमा अन्य उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि नारायण मल्ल निर्विरोध निर्वाचित भएका छन्।
यस्तै, कोषाध्यक्ष पदमा रजिम मिया र युवराज भण्डारीबीच प्रतिस्पर्धा हुने तयारी थियो। तर रजिम मियाले उम्मेदवारी फिर्ता लिएपछि युवराज भण्डारी सर्वसम्मत रूपमा कोषाध्यक्ष चयन भएका छन्।
संघको नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतको प्रयास भए पनि सभापति पदमा भने सहमति जुट्न सकेन। अन्जु दाहाल ,शेषराज श्रेष्ठ र बिन्दु कुमार श्रेष्ठ सभापति पदका मुख्य उम्मेदवारका रूपमा चुनावी मैदानमा भएको बेला अन्तिम समयमा बिन्दु श्रेष्ठले उम्मेदवारी फिर्ताको लिए पछि दाहाल र श्रेष्ठबिच आज प्रतिस्पर्धात्मक निर्वाचन हुँदैछ।

संघका पदाधिकारीहरूले सर्वसम्मत चयनले आपसी सहकार्य, एकता र संस्थागत मजबुतीलाई सन्देश दिएको बताएका छन्। आजको निर्वाचनबाट चयन हुने नयाँ नेतृत्वले दमौली बजारका व्यवसायीहरूको समस्या समाधान तथा व्यापारिक वातावरण सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page