तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाईको सभापतिमा दीपककुमार श्रेष्ठ सर्वसम्मत

तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाईको सभापतिमा दीपककुमार श्रेष्ठ सर्वसम्मत


डुम्रे, तनहुँ ।
तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाई समितिको सभापतिमा दीपककुमार श्रेष्ठ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
शुक्रबार समितिका सभापति हेमलाल विकेको अध्यक्षतामा सम्पन्न ३०औँ साधारण सभा तथा १३औँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनबाट उप–सभापतिमा महेन्द्र शाही, कोषाध्यक्षमा लक्ष्मण जोशी निर्वाचित हुनुभएको छ। त्यस्तै सह–सचिवमा जलालदिन मियाँ र सह–कोषाध्यक्षमा सुमन खत्री चयन हुनुभएको छ।
समितिका सदस्यहरूमा पुननारायण श्रेष्ठ, बुद्धिबहादुर विश्वकर्मा, ताराप्रकाश थापा, संजयलक्ष्मी श्रेष्ठ र शिवकुमार श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। अधिवेशनले जिल्ला प्रतिनिधिमा हेमलाल विके र परशुराम अधिकारीलाई चयन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठनाथ मिश्रले व्यापारी तथा व्यवसायीहरूको हकहित संरक्षणका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।


कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष घनश्याम श्रेष्ठ देवान र मानकाजी श्रेष्ठ, बन्दीपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, सङ्घका वरिष्ठ उपाध्यक्ष ईमकुमार मल्ल, द्वितीय उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, महासचिव सुबोध अधिकारी, सचिव शिवओम मल्ल, कोषाध्यक्ष भीमलाल श्रेष्ठ तथा महिला उद्यमी विकास समितिकी पूर्व सभापति रोशनी पियालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page