जनज्योती क्याम्पस प्रशासनिक तथा पुस्तकालय भवनकाे राष्ट्रपति पाैडेल द्वारा उद्घाटन:

जनज्योती क्याम्पस प्रशासनिक तथा पुस्तकालय भवनकाे राष्ट्रपति पाैडेल द्वारा उद्घाटन:

भिमाद स्थित जनज्योति क्याम्पसको १६ औं वार्षिकोत्सव समारोह शुक्रबार सम्पन्न भएको छ ।
वार्षिकोत्सव समारोहको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।

वार्षिकोत्सव उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले जनज्योती क्याम्पस स्थापना भएसंगै दक्षिणी भेगका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नका लागि सहज भएको बताए । राष्ट्रपति पौडेलले अनुशासित, सीपवान र शीलवान नागरिक तयार गर्ने संस्कार र शिक्षा दिन जरुरी रहेको बताए ।

गृह जिल्ला तनहुँ आएका राष्ट्रपति पौडेलले तनहुँको विकासमा चासो समेत व्यक्त गरेका थिए । शुक्लागण्डकी बेलचौतरामा रहेको जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई स्वास्थ्य चिकित्सा विज्ञान तथा शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्ने, आदिकवि भानुभक्त आचार्यको जन्म स्थललाई साहित्यिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने र निर्माणाधिन तनहुँ जलविद्युुत आयोजना, तल्लो सेती जलविद्युत आयोजना, सुकुम्बासीका समस्या, श्रृगपथ, कृष्णमार्ग र गण्डकी प्रदेशको लाइफ लाइनको रुपमा रहेको चाइना देखि भारत सम्म जोडिने सडक निर्माण लगायतका बिषयमा समेत राष्ट्रपति पाैडेलले चासो राखेका थिए ।

सोही अवसरमा राष्ट्रपति पौडेलले जनज्योति क्याम्पस भिमादको प्रशासनिक तथा पुस्तकालय भवनको समेत उद्घाटन गरेका थिए । कार्यक्रममा सांसद शंकर भण्डारीले क्याम्पसले शैक्षिक क्षेत्रमा पुरयाएको योगदानको चर्चा गरेका थिए ।

जनज्योति क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page