प्रजिअ गाैतमकाे अनुगमन पछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा:
पृथ्वी राजमार्ग अन्तर्गत व्यास – १, मुसिखोलामा डाँडा चर्किएर पहिरो जाने जाेखिमले बन्द भएको बाटो सुचारू भएको छ । दिनभर बैकल्पिक वाटाे प्रयाेग गरि सवारीसाधन तालघरे बाट रानीगाउँ हुँदै घाँसिकुवामा निस्केकोमा साँझबाट राजमार्ग बाटै बाटो सञ्चालन भएको हाे ।


वैकल्पिक मार्गको बाटो साँगुरो भएको कारण दिनभर यातायात प्रभावित भएको अवस्थामा साँझ प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम , तनहुँका प्रहरी प्रमुख एसपी अपिल राज बाेहरा लगायतको टाेलिले स्थलगत निरिक्षण गरि बाटो सुचारु गराएको हाे ।


स्थलगत निरिक्षणका क्रममा डाँडाे तत्कालै भासिने सम्भावना नदेखिएको र एकतर्फी सवारी साधन सञ्चालन गर्दा समस्या नआउने भएपछि राजमार्ग बाटै सवारीसाधन सञ्चालनमा ल्याइएको हाे । राजमार्ग सञ्चालनमा आएपनि रातिको समयमा लामो दुरिका लाेड ट्रकहरूलाई भने राेकिने भएको छ । ती ट्रकहरू मुग्लिन या डुम्रे तिर राेकिने प्रहरीले बताएको छ ।

दिनभर सवारीसाधन प्रभावित भए पछि दिउँसो व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्याैपाने तथा उप-प्रमुख इन्दिरा दरैकाे टाेलिले पनि बाटाेकाे निरीक्षण गरेको थियो ।







































