तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन


दमौली । तनहुँ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। सहमतिका लागि गरिएको निरन्तर प्रयासपछि सबै उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएसँगै संघका सम्पूर्ण पदाधिकारी निर्विरोध चयन भएका हुन्।
संघको अध्यक्षमा इमकुमार मल्ल सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सुवोध अधिकारी, प्रथम उपाध्यक्षमा दिनेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भिमलाल श्रेष्ठ र कोषाध्यक्षमा शिवओम मल्ल सर्वसम्मत चयन भएका छन्।
संघभित्र देखिएको बहुआयामिक प्रतिस्पर्धाबीच अन्ततः आपसी सहमतिमा नेतृत्व चयन हुनुलाई व्यवसायी वृत्तले सकारात्मक रूपमा लिएको छ। सहमतिका लागि भएको छलफल सफल भएपछि तोकिएको निर्वाचन प्रक्रिया अघि नबढ्ने निर्वाचन समितिले जनाएको छ।

नवनिर्वाचित नेतृत्वले संघलाई अझ प्रभावकारी बनाउँदै व्यवसायीको हकहित संरक्षण, बजार व्यवस्थापन तथा आर्थिक गतिविधि प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
संघको नेतृत्व चयनसँगै लामो समयदेखि चलिरहेको अन्योल अन्त्य भएको भन्दै बजार तथा व्यवसायिक क्षेत्रमा खुसीयाली छाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page