अनुपम अभियान अन्तर्गत देशव्यापी हस्ताक्षर संकलन अभियान दमाैलीमा सम्पन्न
अन्तरपुस्ता महिलावादी मञ्चद्वारा आयोजित अनुपम अभियान अन्तर्गत देशव्यापी हस्ताक्षर संकलन अभियान तनहुँको दमाैलीस्थित अनशन चाैतारिमा आइतबार सम्पन्न भएको छ।
राज्यको हरेक तहमा महिलाको समानुपातिक तथा समावेशी सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित सञ्चालन गरिएको उक्त अभियानमा विभिन्न क्षेत्रका अभियन्ता तथा नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अभियानमा अभियन्ता सन्जय पन्थलगायत सहभागीहरूले महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा समान अधिकार र प्रतिनिधित्व अपरिहार्य रहेको धारणा व्यक्त गरे। उनीहरूले महिलाको स्वाभिमान र आत्मनिर्भर विकासमा राज्यले ठोस नीति तथा कार्यक्रममार्फत टेवा दिनुपर्नेमा जोड दिए।
अभियानमार्फत संकलित हस्ताक्षरहरू सम्बन्धित निकायसमक्ष पेश गरिने जनाउँदै आयोजक अन्तरपुस्ता महिलावादी मञ्चले महिलाको हक, अधिकार र समावेशी सहभागिताका लागि अभियानलाई निरन्तरता दिने जनाएको छ।

























