अपांगतामैत्री पर्यटनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
अपाङ्गतामैत्री पर्यटन प्रवर्द्धनका लागि पर्यटन व्यवसायीहरूलाई लक्षित गरी एकदिने अभिमुखीकरण कार्यक्रम व्यास नगरपालिका हलमा सम्पन्न भएको छ। सर्हृदयी मञ्च तनहुँको आयोजनामा तथा व्यास नगरपालिकाको सहयोगमा सम्पन्न उक्त कार्यक्रम सर्हृदयी मञ्च तनहुँकी अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा तथा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा प्रशिक्षक महेश्वर घिमिरेले अपाङ्गतामैत्री पर्यटनका अवधारणा, आवश्यकता र व्यवहारिक पक्षबारे प्रशिक्षण प्रदान गर्नुभयो। कार्यक्रममा व्यास नगरपालिकाकी उप–प्रमुख इन्दिरा दरै, केशवटार होमस्टेका अध्यक्ष दुर्गाबहादुर आले, सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ, सितादेवी ओझा लगायत पर्यटन, सामाजिक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अपाङ्गता भएका व्यक्तिहरूलाई सहज र सम्मानजनक पर्यटन सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको सहभागीहरूले बताएका छन्।

























