तनहुँमा मोटरसाइकल दुर्घटना, व्यासका दुई जना घाइते

तनहुँमा मोटरसाइकल दुर्घटना, व्यासका दुई जना घाइते

तनहुँमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते
तनहुँ — बन्दिपुर गाउँपालिका–४ चुनपहरा स्थित पृथ्वीराजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। डुम्रेबाट आबुँखैरेनीतर्फ जाँदै गरेको ग ६ प ५१३० नम्बरको मोटरसाइकल आज बिहान करिब ६:३० बजे चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–११ बस्ने २४ वर्षीय प्रताप तामाङको अनुहार, टाउको र बाँया हातमा चोट लागेको छ भने पछाडि सवार व्यास नगरपालिका–७ बस्ने २३ वर्षीय संगम गुरुङको नाक र कानमा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको र उपचारका लागि लक्ष्मी सिटी अस्पताल, डुम्रेमा लगिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी डुम्रेबाट प्रहरी नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा ट्राफिक सहित सात जनाको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिइएको छ भने चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको जनाइएको छ। घाइतेका आफन्तलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीले बताएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page