महिला उद्यमी संघ तनहुँ शुक्लागण्डकी इकाइको अध्यक्षमा सपना पराजुली निर्वाचित
तनहुँ। महिला उद्यमी संघ नेपाल, तनहुँ शुक्लागण्डकी इकाइको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन आज मिति २०८२/१०/१२ गते सोमबार सम्पन्न भएको छ। उक्त अधिवेशनबाट सपना पराजुली अध्यक्षमा निर्वाचित भएकी छन्।
यसैगरी, उपाध्यक्षमा रजनी थापा, सचिवमा पार्वती पौडेल, कोषाध्यक्षमा माया देवी पौडेल, सह–सचिवमा कमला सिग्देल निर्वाचित भएका छन्। सदस्यहरूमा बिनिता मुडबरी, बिना खनाल, रञ्जना पौडेल रिमाल, गंगा लम्साल पोख्रेल, पार्वती थापा, सरस्वती गौतम, बिन्दु पौडेल र मनिषा श्रेष्ठ रहेका छन्।
कार्यक्रममा निवर्तमान अध्यक्ष तुलसी शाह र उहाँको टोलीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा खुशी व्यक्त गर्दै हार्दिक बधाई र धन्यवाद प्राप्त गरेको छ।

नव निर्वाचित पदाधिकारीहरूलाई जिल्ला अध्यक्ष निर्मला मल्लले सफल कार्यकालको शुभकामना दिएकी छन् ।


























