भिमाद–खैरेनीटार सडकको जोखिमबारे सडक डिभिजनलाई ध्यानाकर्षण

भिमाद–खैरेनीटार सडकको जोखिमबारे सडक डिभिजनलाई ध्यानाकर्षण


भिमाद–खैरेनीटार सडकखण्ड अन्तर्गत म्याग्दे गाउँपालिका वडा नं. ५ स्थित धारापानी नजिक रहेको रुपाकुना पुल र आसपासको सडक संरचना प्राविधिक रूपमा सुरक्षित नरहेको भन्दै भिमादका युवाहरूले सडक डिभिजन कार्यालय तनहुँको ध्यानाकर्षण गराएका छन्।
सोमबार भिमादका युवाहरू सडक डिभिजन कार्यालय पुगेर प्रमुख इञ्जिनियर (CDE) राजीव श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। ध्यानाकर्षण पत्रमा उक्त स्थानमा पछिल्लो समय सवारी दुर्घटनाको संख्या बढ्दै गएको, वर्षायाममा २–३ जनाले ज्यान गुमाइसकेको तथा जीप खोलामा खस्ने जस्ता गम्भीर घटनासमेत भएको उल्लेख गरिएको छ।
स्थानीयवासी, सवारी चालक तथा अन्य सरोकारवालाहरूले रुपाकुना पुल र सो आसपासको सडकखण्ड अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै तत्काल प्रभावकारी सुरक्षा उपाय अवलम्बन गर्न माग गरेका छन्।

जोखिम न्यूनीकरणका लागि फलामे रेलिङ (बार) तथा सेफ्टी वाल निर्माण, रात्रीकालीन समयमा स्पष्ट देखिने रिफ्लेक्टरसहितका सावधानी साइनबोर्ड जडान तथा आवश्यक अन्य सुरक्षा व्यवस्था गर्न सडक डिभिजन कार्यालयसँग अनुरोध गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page