गुणादीमा स्कुटर पल्टिँदा एकको मृत्यु, एक घाइते

गुणादीमा स्कुटर पल्टिँदा एकको मृत्यु, एक घाइते

तनहुँ – म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा शुक्रबार बिहान स्कुटर दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १२ प ४७६९ नम्बरको स्कुटर चालकले सडकमा नियन्त्रण गुमाउँदा सवारी पल्टिएको थियो।
घाइतेहरूमा २७ वर्षका पुरन राना मगर, म्याग्दे–३ बस्ने, नाक, घाँटी, छाती र खुट्टामा चोट लागेको र उपचारको लागि दमौली प्रदेश अस्पतालमा लगिएको छ। अर्की सुमित्रा थापा मगर, २७ वर्ष, भरतपुर–१६ बस्ने, टाउकोमा चोट लागेर उपचारकै क्रममा मृत घोषित भएकी छन्।


प्रहरीले घटनास्थल निरीक्षण गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page