आठौँ ब्यास नगर अल्ट्रा म्याराथन सम्पन्न, करन रावल प्रथम
तनहुँ । ब्यास नगरपालिकाद्वारा आयोजित आठौँ ब्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। मानुङकोटदेखि पुलिमर्याङसम्मको ४४ किलोमिटर दूरीमा आयोजित प्रतियोगितामा ४१ जना धावक सहभागी थिए।
प्रतियोगितामा बझाङका करन रावल प्रथम भएका छन्। त्यसैगरी रामेछापका तिलकबहादुर सुनुवार द्वितीय र रामेछापकै होमलाल श्रेष्ठ तृतीय भएका छन्। प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने तीनै जना धावक नेपाली सेनाका हुन्।
विजेतालाई क्रमशः ८५ हजार ८२ रुपैयाँ, ६५ हजार ८२ रुपैयाँ र ५५ हजार ८२ रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ। साथै प्रतियोगितामा सहभागी ५ जना धावकलाई सान्त्वना पुरस्कारस्वरूप प्रत्येकलाई १६ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि अशोककुमार श्रेष्ठ रहेका थिए।

गत वर्ष यसै प्रतियोगितामा १७० भन्दा बढी धावक सहभागी भएका थिए भने यस वर्ष सहभागी संख्या घटेर ४१ मा सीमित भएको छ।


























