आयुष आचार्यले जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकलाई खाजा सहयोग गरे

ब्यास–३ स्थित दिवाकालीन ज्येष्ठ नागरिक मिलन केन्द्रमा १ सय २० जना ज्येष्ठ नागरिकका लागि खाजा वितरण गरिएको छ। व्यास १३ घर भइ हाल कोरियामा अध्ययनरत बुवा मेघनाथ तथा आमा तिलकुमारी आचार्यका छाेरा आयुष आचार्यले आफ्नो जन्मदिनको अवसरमा उक्त सहयोग गरेका हुन्।
खाजामा लड्डु, जेरी, पुरी र नमकिन समावेश गरिएको थियो। वितरणको क्रममा बुवा मेघनाथ आचार्यले भने, “हाम्रो छोरा जन्मदिनमा अरूको खुशीमा सहभागी हुन चाहन्छ। यसले हामीलाई पनि खुशी दिएको छ।”उ अहिले बाहिर भए पनि हामीले छाेराकाे चाहना पूरा गर्न सहयोग लिएर आएका हाैँ । ब्यास–१३, बेलवासका स्थायी बासिन्दा आचार्य समाजसेवी र कृषक हुन्। उनले लामो समयदेखि समाजसेवा गर्दै आएका छन्।

मिलन केन्द्रमा रहेका ज्येष्ठ नागरिकहरूले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आचार्यलाइ जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।
यस कार्यले परिवार र समाज दुवैमा योगदान पुर्याएको उदाहरण बनेको छ।


























