हरिहर महिला समूहको छैटौँ अधिवेशन सम्पन्न, सभापतिमा मुना श्रेष्ठ
डुम्रे (तनहुँ), माघ १९ —
तनहुँको डुम्रे बजारमा रहेको हरिहर महिला समूहको २६औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सोमबार सम्पन्न भएको छ। समूहकी अध्यक्ष सरिता पियाको अध्यक्षतामा सम्पन्न अधिवेशनले मुना श्रेष्ठलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको छ।
नवगठित कार्यसमितिको उपसभापतिमा कमला गुरुङ, सचिवमा शुष्मा पिया, सह–सचिवमा लिला श्रेष्ठ, कोषाध्यक्षमा तारा पिया तथा सह–कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा सीता श्रेष्ठ, रोजिता श्रेष्ठ, रजनी श्रेष्ठ, रजनी गिरी, रोदिता श्रेष्ठ, रचना पिया, देवी कँडेल र बिनु श्रेष्ठ निर्वाचित हुनुभएको वर्तमान सचिव शुष्मा पियाले जानकारी दिनुभयो।
अधिवेशनको उद्घाटन समाजसेवी घनश्याम श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा समाजसेवी मानकाजी श्रेष्ठ, राम पिया, टोल विकास समितिका अध्यक्ष भगवान श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी सभापति सङ्गीता प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा महिलाको सशक्तीकरण, सामाजिक सहभागिता र आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो।


























