मगर संंघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका मनि र स्याङ्जाका दान बिच प्रतिस्पर्धा

मगर संंघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका मनि र स्याङ्जाका दान बिच प्रतिस्पर्धा

नेपाल मगर संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशन अन्तर्गत अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ। अध्यक्ष पदका लागि मनिराज थापा मगर (तनहुँ) र दानबहादुर थापा मगर (स्याङ्जा) बीच प्रत्यक्ष प्रतिस्पर्धा भइरहेको छ।

यस्तै, उपाध्यक्ष पदमा दुई जना चयन गर्नुपर्नेमा तीन जनाबीच प्रतिस्पर्धा भएको छ। उपाध्यक्षका उम्मेदवारहरूमा दिलबहादुर आले मगर, केबी रानामगर र टंकबहादुर रानामगर रहेका छन्।
अन्य सबै पदहरू भने निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचनमा कुल १६४ मतदाता रहेकामा समाचार तयार पार्दासम्म १४० मत खसिसकेको छ। बाँकी मत खस्ने क्रम जारी छ। निर्वाचनस्थल दमौलीमा चुनावी चहलपहल तीव्र देखिएको छ।

मत परिणाम सार्वजनिक हुने प्रतीक्षामा सहभागी तथा प्रतिनिधिहरू उत्सुकताका साथ प्रतिक्षारत छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page