व्यासका फरार शाही पक्राउ

व्यासका फरार शाही पक्राउ

तनहुँ प्रहरीले फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले व्यास नगरपालिका–१ निवासी २५ वर्षीय रविन शाहीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला अदालत तनहुँले उनलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव मुद्दामा २० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तोकेको थियो। सजायपछि फरार रहेका शाहीलाई प्रहरीले खोजी गर्ने क्रममा पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएकोमा अदालतको आदेश अनुसार कैद सजाय भुक्तानका लागि जिल्ला कारागार तनहुँ चलान गरिएको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page