मातृ–भातृ संघबीच समन्वय सुदृढ गर्न मगर संघको प्रशिक्षण कार्यक्रम सम्पन्न

मातृ–भातृ संघबीच समन्वय सुदृढ गर्न मगर संघको प्रशिक्षण कार्यक्रम सम्पन्न


दमौली, तनहुँ — मातृ संघ र भातृ संघबीचको संगठनिक सम्बन्धलाई सुमधुर तथा मजबुत बनाउने उद्देश्यसहित नेपाल मगर संघ, तनहुँ जिल्ला अन्तर्गतका विभिन्न भातृ संघका कार्यसमितिहरूबीच प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन २०८३ वैशाख ४ र ५ गते आयोजना गर्ने तयारीका सन्दर्भमा आयोजित उक्त कार्यक्रममा व्यापक छलफलका साथै अग्रज व्यक्तित्वहरूद्वारा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा विभिन्न भातृ संघका अध्यक्षहरू र प्रशिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
नेपाल मगर युवा संघ तनहुँका अध्यक्ष अरुण कुमार थापा मगरको नेतृत्वमा मुख्य प्रशिक्षकका रूपमा पूर्व अध्यक्ष मनिराज थापा मगरले प्रशिक्षण दिएका थिए।
त्यसैगरी, नेपाल मगर सांस्कृतिक संघ तनहुँका अध्यक्ष सन्जिब सिं राना मगर तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति तनहुँका अध्यक्षको सहभागितामा पूर्व अध्यक्ष याम बहादुर आले मगरले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा नेपाल मगर महिला संघ तनहुँकी अध्यक्ष विष्णु माया आले मगरको समूहमा केन्द्रीय भाषिक पूर्व उपाध्यक्ष मन्धरी आले मगरले प्रशिक्षण प्रदान गरे।
उक्त अवसरमा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ तनहुँका अध्यक्ष याम बहादुर आले मगरको संयोजनमा निवर्तमान अध्यक्ष खड्ग सिं थापा मगर प्रशिक्षकका रूपमा सहभागी भए।
नेपाल मगर विद्यार्थी संघ तनहुँका अध्यक्ष विजय थापा मगरको समूहमा केन्द्रीय निर्वाचन प्रमुख सिद्ध बहादुर गर्जा मगरले प्रशिक्षण दिएका थिए।
यसैगरी, नेपाल मगर लेखक संघ तनहुँका अध्यक्ष याम लाल थापा मगरको नेतृत्वमा प्रदेश सचिव नन्दु थापा मगरले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरे।
कार्यक्रममा सहभागी सम्पूर्ण भातृ संघका प्रतिनिधिहरू तथा जिल्ला समितिका पदाधिकारीहरूलाई जिल्ला अध्यक्ष एचबी मगरले धन्यवाद ज्ञापन गरेका छन्।

उक्त प्रशिक्षण कार्यक्रमले आगामी कौराहा सम्मेलनलाई सफल बनाउन र संगठनात्मक एकता थप सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page