पल शाहप्रतिको फ्यान क्रेज चुलिँदै, ट्याटु हानेका म्याग्दे–१ गुणादीका खनालसँग विशेष भेटघाट

नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता पल शाह प्रति फ्यानहरूको क्रेज दिनानुदिन बढ्दै गएको छ। यसैक्रममा तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादी निवासी सुषान्त खनालले आफ्नो हातमा पल शाहको तस्वीर ट्याटु खोपेर कलाकारप्रतिको गहिरो माया र समर्थन सार्वजनिक गरेका छन्।



ट्याटु खोपेपछि खनालले पल शाहसँग भेटघाट गर्दै सँगै तस्बिर समेत खिचेका छन् । आफ्ना फ्यानको यस्तो विशेष समर्पण देखेर पल शाह उनको घरमै पुगेर भावुक बनेका छन्।
फ्यानको मायालाई सम्मान गर्दै पल शाह स्वयं आज गुणादीस्थित खनालको घरमै पुगेका थिए। स्थानीय स्तरमै कलाकार र फ्यानबीच भएको यस्तो आत्मीय भेटघाटले व्यापक चर्चा बटुलेको छ।
यस अवसरमा पल शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्,
“This kind of love is priceless. Thank you for your unconditional support, this means more than words 🩷🙏”

कलाकार र फ्यानबीचको यस्तो आत्मीय सम्बन्धले नेपाली चलचित्र क्षेत्रलाई अझ नजिक, भावनात्मक र जीवन्त बनाइरहेको देखिन्छ। खनालले आँफुलाइ पल शाह सानैदेखि मन परेको बताए ।

























