महेश बस्नेतको आह्वान: ‘आन्दोलनको मोर्चामा भेट हुनेछ’

महेश बस्नेतको आह्वान: ‘आन्दोलनको मोर्चामा भेट हुनेछ’

काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतलाई पक्राउ गर्न लागिएको भन्ने हल्लाबीच उनले सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्।
बस्नेतले फेसबुक पोस्ट गर्दै आज दिउँसो १ बजे माइतीघर मण्डलमा आयोजना हुने विरोध कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरेका छन्। उनले वर्तमान सरकारमाथि अधिनायकवादी र निरंकुश शैलीमा अघि बढेको आरोप लगाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको गिरफ्तारीलाई प्रतिशोधपूर्ण कदम भएको दाबी गरेका छन्।
उनले कथित गृहमन्त्रीका गतिविधिप्रति समेत आपत्ति जनाउँदै त्यसको सशक्त विरोध गर्नुपर्ने बताएका छन्। एमाले राजधानी प्रदेशद्वारा आयोजना गरिएको उक्त प्रदर्शनमा व्यापक सहभागिताका लागि उनले अपिल गरेका हुन्।

बस्नेतले आफ्नो सन्देशको अन्त्यमा “आन्दोलनको मोर्चामा भेट हुनेछ” भन्दै संघर्षका लागि तयार रहन आग्रह गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page