नयाँ वर्षकाे अवसरमा थर्पुमा लाइभ कन्सर्ट हुने:

नयाँ वर्षकाे अवसरमा थर्पुमा लाइभ कन्सर्ट हुने:

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं -४ स्थित थर्पु बजारमा नयाँ वर्षकाे अवसरमा लाइभ कन्सर्ट हुने भएको छ । बिगतका वर्षहरूमा झैं यसपटक पनि थर्पु युवा क्लवद्वारा कन्सर्ट आयाेजना गरिएको थर्पु युवा क्लवले जनाएको छ ।

कन्सर्ट चैत ३० गते साँझ ५ बजे थर्पु बजारमा हुने बताइएको छ । द एराेज बेण्डकाे प्रस्तुति सहित नयाँ वर्ष सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार गायक ईश्वर परियारकाे प्रस्तुति रहने भएको छ । यस्तै कुमाल समाजको नृत्य तथा बिविध खेलकुद सहितको मनाेरञ्जनात्मक कार्यक्रम साे अवसरमा गरिने क्लवले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page