आँबुखैरेनी मर्स्याङ्दी ड्याममा मोटरबोट संचालनकाे मन्त्री बस्नेतले उद्घाटन गर्ने:

तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं २ स्थित मर्स्याङ्दी नदी ड्यामसाइड क्षेत्रमा मोटरबोट संचालनकाे तयारी गरिएको छ । वडा नम्बर १ र २ स्थित तल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन कार्य सञ्चालनमा ल्याउन लागिएको हाे ।

त्यसको लागि बैशाख २ गते आँबुखैरेनी गाउँपालिकाको आयोजनामा उर्जा जलश्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्‍नेतकाे प्रमुख आतिथ्यतामा मर्स्याङ्दी नदी ड्यामसाइड क्षेत्रमा मोटरबोट संचालन तथा समुद्घाटन समारोह राखिएको गाउँपालिकाले जनाएको छ । विहान ११ बजे एक्लेफाँट ग्राउण्डमा हुने उद्घाटन कार्यक्रममा उपस्थित हुन गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्द्धनका लागि यो काम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य गाउँपालिकाले राखेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page