प्रथम दमाैली च्याम्पियन्स कप फुटबलकाे दाेस्राे दिन ७ खेल सम्पन्न:

प्रथम दमाैली च्याम्पियन्स कप फुटबलकाे दाेस्राे दिन ७ खेल सम्पन्न:

प्रथम दमाैली च्याम्पियन्स कप सेभेन ए साइट फुटबल प्रतियोगिताकाे दाेस्राे दिन आज ७ वटा खेल सम्पन्न भएका छन् । जसअनुसार रामथुम्कि युवा क्लव ०-१ कृष्टियन व्वाइज ,काहुँमिलन २-३ म्याङगाेगाइज , टिमसंगम २-० निर्मलनगर , टिम मनाेज २-० अकला गल्वुवेशी , नमस्ते देउराली २-० तनहुँसुर एफसी रहेको छ ।

यस्तै नाइन्टिज एफसीले पतेनिलाइ तथा दुम्सि १० ले रूपाजलाई पेनाल्टीमा पराजित गरेको दमाैली फुटशलका अध्यक्ष मनाेज गुरूङले बताए । स्वर्गीय उमा थापाको स्मृतिमा दमाैली फुटशलकाे आयाेजनामा साेमबार देखि दमाैली विपि बनवाटिकामा सुरु भएको प्रतियोगिता बैशाख १ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा द्वितीय हुनेले रु. ३३ हजार ३ सय ३३ नगद तथा ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लाइ २ हजार नगद र ट्रफी, सर्वाधिक गोलकर्ता लाई २ हजार नगद र ट्रफी तथा उत्कृष्ठ गोलरक्षक २ हजार नगद र – ट्रफी प्रदान गरिने खेल संयाेजक सुदीप गुरूङले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page