दमाैलीमा इलाभेन ए साइट फुटबल खेलमैदानकाे काम अगाडि बढ्दै:
लामो समयको पर्खाइपछि दमाैलीमा इलाभेन ए साइट फुटबल खेलमैदान बन्ने भएको छ । त्यसको लागि तत्कालीन जिल्ला बिकास समितिकाे पुर्जा भित्र रहेको जग्गालाई व्यास नगरपालिकाले लिजमा लिएर कामलाई अगाडि बढाएको छ । विपि खेलमैदानलाई इलाभेन ए साइटकाे फुटबल खेलमैदान बनाउन नगरपालिकाले कभर्डहल तथा बास्केटबल काेर्टलाइ स्थानान्तरण गरिसकेको छ ।


कभर्डहल र बास्केटबल काेर्ट त्यहीँ हुँदा इलाभेन ए साइटकाे खेलमैदानलाई जग्गा नपुग्ने भए पछि दुबै लाई स्थानान्तरण गरिएको हाे । अघिल्लो ५ वर्ष मैदान फराकिलो बनाउने , त्यहाँ भएको संरचना हटाउने र खेलकुद मैदानको केही सुधार गर्दागर्दै समय सकिएको र अहिले फेरि अर्को ५ वर्षलाई लिजमा लिएर कामहरू लाई अगाडि बढाइएको व्यास नगरपालिकाका मेयर बैकुण्ठ नाथ न्याैपानेले बताए ।


खेलमैदानलाई व्यवस्थित बनाउन उपभोक्ता समिति गठन गरि प्याराफिट बनाउने काम भएकाे र त्यो अन्तिम चरणमा पुगेको न्याैपानेले जानकारी दिए ।

गुणस्तरीय र मान्यताप्राप्त इलाभेन ए साइट फुटबल मैदान बनाउन संघीय सरकार तथा प्रदेश सरकार लाई समेत भनिएको मेयर न्याैपानेले बताए ।
अहिले दमाैली मा भइरहेको प्रथम दमाैली च्याम्पियन्स कप फुटबल प्रतियोगिता, निर्माणकाे अन्तिम चरणमा रहेको प्याराफिटमा बसेर दर्शकहरूले हेरिरहेका छन् ।









































