प्रजातन्त्रका सेनानी खड्गबहादुर अधिकारीको निधन
दमौली, ८ वैशाख — प्रजातन्त्रका सेनानी खड्गबहादुर अधिकारी को ८७ वर्षको उमेरमा गएराति प्रदेश अस्पताल दमौलीमा निधन भएको छ।

वि.सं. १९९६ मा जन्मनुभएका अधिकारी लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै व्यास नगरपालिकाका पूर्व वडाध्यक्षसमेत हुनुहुन्थ्यो। उहाँको अन्त्येष्टि आज दमौली घाटमा गरिने जनाइएको छ।


























