व्यास नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन

व्यास नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन


दमौली, बैशाख — व्यास नगरपालिका वडा नं. १०, दुम्सीस्थित व्यास नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन गरिएको छ।
भवनको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने ले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख न्यौपानेले नयाँ भवन निर्माणसँगै अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरे। उनले नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई नगरपालिका सदैव उच्च प्राथमिकतामा राख्दै आएको बताए।
कार्यक्रममा बोल्दै उनले अब स्थानीय स्तरमै सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण निर्माण भएको उल्लेख गरे।

उद्घाटन समारोहमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page