पिजन हिल इन्स्टिच्युट दमौलीमा लोकप्रिय बन्दै, स्वादिष्ट परिकारले ग्राहकको मन जित्दै

दमौली, तनहुँ — केही समयअघि मात्रै सञ्चालनमा ल्याइएको पिजन हिल इन्स्टिच्युट अफ हस्पिटालिटी ट्रेनिङ सेन्टर छोटो अवधिमै तनहुँको दमौली क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेको छ। व्यास नगरपालिका–२ दमौलीस्थित नेपाल बैंक अगाडि सञ्चालित उक्त सेन्टरले तालिम केन्द्रसँगै स्वादिष्ट परिकारका कारण पनि छुट्टै पहिचान बनाउन सफल भएको छ।
सफल युवा व्यवसायी विवेक सापकोटाद्वारा सञ्चालन गरिएको यस सेन्टरमा बर्थडे केक, चिकेन बिर्यानी, डोनट्स, मिठाइ तथा विभिन्न बेकरी परिकारहरू अत्यन्तै स्वादिलो र गुणस्तरीय रूपमा उपलब्ध गराइन्छ। यहाँका परिकारहरू स्वाद, सरसफाइ र उत्कृष्ट सेवाका कारण ग्राहकको मन जित्दै दिनप्रतिदिन लोकप्रिय बन्दै गएका छन्।
विशेषगरी चिकेन बिर्यानी र बर्थडे केक यहाँ आउने ग्राहकहरूको मुख्य आकर्षण बनेका छन् भने डोनट्स र अन्य मिठाइ परिकारले पनि छुट्टै स्वादको अनुभव प्रदान गरिरहेका छन्। पारिवारिक वातावरणमा बसेर खाना खाने व्यवस्था भएकाले ग्राहकहरूको उपस्थिति उल्लेख्य रूपमा बढिरहेको सञ्चालक सापकोटाले बताए।

होम डेलिभरी सेवा, गुणस्तरीय परिकार र मैत्रीपूर्ण सेवाका कारण पिजन हिल इन्स्टिच्युट दमौली क्षेत्रमा नयाँ स्वाद गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।


























