आदिकवि भानुभक्त र जनभावना क्याम्पसबिच अन्तरक्रिया सम्पन्न
तनहुँ । आदिकवि भानुभक्त क्याम्पस र ललितपुरस्थित जनभावना क्याम्पसबिच मङ्गलबार आदिकवि भानुभक्त क्याम्पसको तालिम हलमा अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रम आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा भएको थियो।
कार्यक्रममा जनभावना क्याम्पसका सञ्चालक समितिका अध्यक्ष चर सुन्दर महर्जन, क्याम्पस प्रमुख शिवराज सन्जेल, उपाध्यक्ष रामहरि घिमिरे तथा सदस्यहरू ईश्वर न्यौपाने, दिल्लीप्रसाद घिमिरे, पिताम्बर सन्जेल र कपिलदेव न्यौपानेको सहभागिता रहेको थियो।
त्यस्तै आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार, उपाध्यक्ष श्रीराम कार्की, सदस्यहरू क्याप्टेन सोमबहादुर थापा र भरत पन्थ, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरू डा. रामकुमार अधिकारी, विश्वेश्वर तिमल्सेना र बिमल गिरी, प्राध्यापक सङ्घका अध्यक्ष राजन घिमिरे, विभागीय प्रमुख गजेन्द्र पौडेल, छात्रावास प्रमुख मिना श्रेष्ठ तथा स्ववियु अध्यक्ष अनुप आलेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपाध्यक्ष श्रीराम कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने दुवै क्याम्पसका प्रमुखहरूले क्याम्पसको वर्तमान अवस्था, चुनौती र असल अभ्यासबारे प्रस्तुति राख्नुभएको थियो।

सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
अन्तरक्रियामा सहभागीहरूले दुई क्याम्पसको आर्थिक, भौतिक तथा शैक्षिक अवस्थाका साथै चुनौती र समाधानका उपायबारे अनुभव आदानप्रदान गरेका थिए।


।
























