व्यास नगरपालिकामा निःशुल्क पोर्टेबल एक्स–रेसहित छाती रोग खोजपडताल कार्यक्रम हुने

व्यास नगरपालिकामा निःशुल्क पोर्टेबल एक्स–रेसहित छाती रोग खोजपडताल कार्यक्रम हुने


दमौली, तनहुँ ।
व्यास नगरपालिकाले छाती रोग सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रारम्भिक पहिचानका लागि निःशुल्क पोर्टेबल एक्स–रेसहित खोजपडताल कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार आगामी जेठ ६ गते व्यास नगरपालिका–१ स्थित चारकुने आधारभूत स्वास्थ्य केन्द्रमा कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रममा पोर्टेबल एक्स–रे (Portable X-ray) मार्फत छाती सम्बन्धी रोगको परीक्षण गरिने जनाइएको छ ।
नगरपालिकाले सबै वडाबासी तथा पायक पर्ने क्षेत्रका नागरिकलाई कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ । विशेषगरी ५० वर्षमाथिका नागरिक, धुलो तथा धुवाँमा काम गर्ने कामदार, ज्याला मजदुरी गर्ने व्यक्ति, जाँड–रक्सी तथा चुरोट सेवन गर्ने, दीर्घकालीन रोग भएका तथा निरन्तर खोकी लागिरहने व्यक्तिलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालद्वारा जारी सूचनामा समयमै परीक्षणबाट छाती रोग पहिचान गरी उपचारमा सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page