तनहुँमा ३९० क्याप्सुल ट्रामाडोलसहित एक युवक पक्राउ
तनहुँ, १ जेठ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीले ३९० क्याप्सुल ट्रामाडोल लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जेठ १ गते बिहान करिब २ः३० बजे अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ प २९७ नम्बरको पर्यटन बसमा सवार कास्की पोखरा महानगरपालिका–१४ बस्ने २५ वर्षीय पारस रानाभाटलाई शंका लागी जाँच गरेको थियो ।

जाँचका क्रममा उनले लगाएको ज्याकेटको गोजीमा लुकाई राखिएको ३९० क्याप्सुल ट्रामाडोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका रानाभाटलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँमा राखी थप अनुसन्धान भइरहेको छ ।


























