महेन्द्र माविमा भर्ना अभियान तथा बृहत् घरदैलो !

महेन्द्र माविमा भर्ना अभियान तथा बृहत् घरदैलो !

तनहुँको म्याग्दे गाउँपालिका वडा नं १ महेन्द्र माध्यमिक विद्यालयले भर्ना अभियान तथा बृहत रुपमा घरदैलो कार्यक्रम सुरु गरेको छ।

विद्यार्थी संख्या वृद्धि गरी शैक्षिक गुणस्तरमा सुधार ल्याउन घरदैलो कार्यक्रम शुरु गरिएको बिद्यालयका प्रअ साेमबहादुर थापाले बताए । तल्लो गुणादी,माथिल्लो गुणादी , दिर्वु , बरचउर , बर्च्याङ , मानुङ लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरिरहेको प्रअ थापाले बताए। बिद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक , शिक्षक शिक्षिका गरी १ दर्जनको टोली घरदैलोमा सहभागी भएको उनले बताए ।

ब्यानर सहित शिक्षक, शिक्षिकाहरुले घर घरमा पुगेर बावुनानिहरूलाई आफ्‌नो विद्यालयमा भर्ना गर्न आग्रह गरेको जानकारी उनले दिए। घरदैलोमा जांदा अभिभावकहरू आफ्‌नो विद्यालयमा विद्यार्थी भर्ना गर्न सकारात्मक देखिए‌को थापाले जानकारी दिए । अभिभावकहरुको चाहना अनुसारको पठनपाठन गराएका कारण हाम्रो विद्यालय रोजाइमा पर्दै गएको अर्का शिक्षक रामशरण नेपालीले बताए । गत वर्षको तुलनामा यस वर्ष विद्यार्थी संख्यामा वृद्धि हुने दावी बिद्यालयले गरेको छ ।

समय सापेक्ष व्यवहारमुखी,प्रविधि मैत्री कम्प्युटर कक्षाका साथै अतिरिक्त क्रियाकलापहरुमा जोड दिएर
विद्यार्थीहरुलाई पठनपाठन गराउदै आएको प्र अ थापाले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page