सेनाको पदयात्रि टोलीलाई तनहुँ उद्योग बाणिज्य संघ दमाैली इकाईकाे स्वागत:

गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोलीलाई बिहीबार दमाैलीमा तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईले स्वागत गरेको छ । इकाईका सभापति सुकनारायण मल्ल नेतृत्वको टाेलिले पदयात्रा टाेलिलाइ फुलकाे गुच्छा , खादा तथा दहीकाे सगुन खुवाएर स्वागत गरेको हाे ।



तत्कालीन समयमा नेपाल र ब्रिटिस इस्ट इण्डिया कम्पनी बीच भएको लडाइमा बिजय प्राप्त गरेको दिन बैशाख ७ गतेलाइ बिजय उत्सबको रुपमा मनाइदै गोर्खा दरबाट सुरु हुने पदयात्रालाई आज दमाैलीमा भब्य स्वागत गरेको इकाई सभापति सुकनारायण मल्लले बताए ।



कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र , बरिस्ठ उपाध्यक्ष इमकुमार मल्ल, लगायत अन्य पदाधिकारीका साथै इकाईका पदाधिकारी एवम् सदस्यहरूकाे उपस्थिति रहेको थियो ।राष्ट्रिय एकताको भावना जागृत हुने उद्देश्यले नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्त्व बोकेका गढी,किल्ला,युद्द स्थल ,पदमार्ग,लगायतका धरोहर संरक्षण,संवर्धन एवम प्रवर्द्धन गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग गर्ने कार्यको लागि पदमार्ग सुरु भएको हो। गोर्खाबाट तनहुँ ,पाल्पा हुदै जितगढीसम्मको ३०५.५ किलोमिटर दुरीको यात्रा गर्ने क्रममा उनिहरू आज दमाैली आइपुगेका हुन् ।


पहिलो दिन (चैत २७ गते) :गोर्खा दरबारबाट गोर्खा र तनहुँ जिल्लाको सिमाना सतिघाटमा श्री रिपुमर्दन गणले श्री रुरु भैरव दल गणलाइ बुझाएकाे र भन्सार बास बसि(३५ किलोमिटर दुरी)दोस्रो दिन (चैत २८ गते): श्री रुरु भैरव दल गणबाट नारेश्वरटार ,सेपाबगैचा ,स्याउलीपसल ,टुहुरेपसल हुँदै ब्यास-११ तनहुँसुर पुगेर बास बसेकाे थियो (१८ किलोमिटर )
यस्तै तेस्रो दिन आज (चैत २९ गते) :ब्यास -११ तनहुँसुरमा श्री रुरु भैरवदल गणले श्री काली भन्जन गण(ई)लाई बुझाएकाे (२६ किलोमिटर),चौथो दिन(चैत ३० गते): घिरिङ गाउँपालिका घेनुङ देउरालीमा श्री काली भन्जन गण(ई) ले श्री न.३ राजदल गणलाइ बुझाउने (३१ किलोमिटर)पाँचौ दिन (बैशाख १ गते): घेनुङ देउरालीबाट केलादीघाट सम्म पुगेर बाँस बस्ने (२५ किलोमिटर)छैटौं दिन (बैशाख २ गते):केलादीघाटमा श्री न.३ राजदल गणले श्री दि फेमस महिन्द्र दल गणलाइ बुझाउने (३५ किलोमिटर)कार्यतालिका रहेको छ ।


यस्तै सातौं दिन(बैशाख ३गते) :बिरकोट ,पुर्वखोलाबाट माथागढी गोठाडी पुगेर बाँस बस्ने(३९ किलोमिटर )आठौं दिन (बैशाख ४ गते) : माथागढी गोठाडीबाट प्रभास तानसेन पुगेर बाँस बस्ने (३५ किलोमिटर)नवौँ दिन(बैशाख ५ गते): प्रभाष-लामडाडा हुँदै काजीपौवा प्रभाष ( १७ किलोमिटर ) दशौ दिन (बैशाख ६ गते):प्रभास -डुम्रे रानीबन हुदै तिनाउ पुगेर बासँ बस्ने( ३२ किलोमिटर) सातौं तथा अन्तिम दिन( बैशाख ७गते): श्री फेमस महिन्द्र दल गणले श्री गरुड दललाइ बुझाएर बुटवल उप- महानगर पालिका सहित पदयात्रा कार्यक्रममा सहभागी भइ भब्य रुपमा पदयात्रा समापन हुने कार्यक्रमकाे तालिका रहेको छ ।








































