भानु नगरपालिकामा जेठ अन्तिमबाट मालपोत सेवा सुरु हुने

भानु नगरपालिकामा जेठ अन्तिमबाट मालपोत सेवा सुरु हुने


भानु, तनहुँ — तनहुँको भानु नगरपालिका मा आगामी जेठ अन्तिम हप्ताबाट मालपोत सम्बन्धी सेवा सुरु हुने भएको छ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाहका लागि देशभरबाट आशय पेश गरेका २१४ पालिकामध्ये पहिलो चरणमा छनोट भएका ३५ पालिकामध्ये भानु नगरपालिका पनि परेको हो। जेष्ठ मसान्तसम्ममा नगरपालिकाबाटै सेवा विस्तार गरिने नगर प्रमुख आनन्दराज त्रिपाठी ले जानकारी दिनुभयो।
सेवा सञ्चालनका लागि नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डे लाई मालपोत शाखा प्रमुखको जिम्मेवारी तोकिएको नगर प्रमुखका स्वकीय सचिव अमित लामा ले बताउनुभयो।

मालपोत तथा नापी सेवा सञ्चालन भएपछि नागरिकले अब पालिकाबाटै जग्गा किनबेच पास, अंशबण्डा, बकसपत्र तथा दानपत्र पास, रोक्का तथा फुकुवा, धितो राख्ने र फुकुवा गर्ने, लालपुर्जा विवरण सच्याउने, मालपोत कर बुझाउने लगायतका सेवा लिन सक्नेछन्। साथै जग्गाको नक्सा, स्रेस्ता, कित्ता विवरण, जग्गा एकीकरण, कित्ताकाट, मोही तथा गुठी सम्बन्धी प्रक्रिया र डिजिटल अभिलेख तथा अनलाइन सेवा सहायता समेत स्थानीयस्तरमै उपलब्ध हुने जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page