मेरुदण्ड पक्षघातका बिरामी थापालाई म्याग्दे ४ द्वारा हाइड्रोलिक बेडसहितकाे सामाग्री सहयोग

मेरुदण्ड पक्षघातका बिरामी थापालाई म्याग्दे ४ द्वारा हाइड्रोलिक बेडसहितकाे सामाग्री सहयोग


तनहुँ — म्याग्दे गाउँपालिका–४ कोलडाँडामा मेरुदण्ड पक्षघातका बिरामी श्रीराज थापालाई हाइड्रोलिक बेडसहित आवश्यक सामग्री सहयोग गरिएको छ ।
म्याग्दे गाउँपालिका वडा नं. ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले बिरामीको दैनिक जीवन सहज बनाउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिकाको महिला विकास शाखा प्रमुख सुकमाया राना लगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page