विद्यालय व्यवस्थापन समिति गठन गर्न तनहुँका सबै विद्यालयलाई निर्देशन

विद्यालय व्यवस्थापन समिति गठन गर्न तनहुँका सबै विद्यालयलाई निर्देशन


दमौली — शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जिल्लाका सबै स्थानीय तह तथा सामुदायिक विद्यालयलाई विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन तथा व्यवस्थापन सम्बन्धी नयाँ कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ।
इकाइ प्रमुख उपसचिव कृष्णप्रसाद श्रेष्ठद्वारा जारी पत्रअनुसार मिति २०८३ वैशाख २० गते नेपाल राजपत्रमा प्रकाशित “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” ले शिक्षा ऐन, २०२८ को दफा १२ उपदफा (१) को खण्ड (ग) खारेज गरेपछि सो व्यवस्था अनुसार मनोनित भएका विद्यालय व्यवस्थापन समिति सदस्यहरू स्वतः पदमुक्त भएका छन्।
विद्यालय व्यवस्थापन समितिसम्बन्धी जिल्लाभरबाट निरन्तर जिज्ञासा र सोधपुछ बढेपछि इकाइले स्पष्ट निर्देशन जारी गरेको जनाएको छ। संशोधित कानुनी व्यवस्था अनुसार अब नयाँ ढंगले विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन गर्न सबै स्थानीय तह र विद्यालयलाई आग्रह गरिएको छ।


उपसचिव श्रेष्ठले पुरानो व्यवस्था अनुसार मनोनयन गरिएका सदस्यहरूको वैधानिकता समाप्त भइसकेको स्पष्ट पार्दै नयाँ कानुनी प्रावधानअनुसार समिति गठन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
यस निर्णयसँगै तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरूमा व्यवस्थापन समिति पुनर्गठनको प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्रका सरोकारवालाहरूले नयाँ व्यवस्थाले विद्यालय प्रशासनमा थप स्पष्टता र कानुनी आधार मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page