ब्लड क्यान्सरबाट पीडित ऋषिङका खेमबहादुर थापालाई सहयोगको अपिल

ब्लड क्यान्सरबाट पीडित ऋषिङका खेमबहादुर थापालाई सहयोगको अपिल


तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–१ कोईदिम निवासी ३८ वर्षीय खेमबहादुर थापा यतिबेला ब्लड क्यान्सर रोगसँग संघर्षरत छन् । करिब दुई महिनाअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि पोखरा हुँदै काठमाडौं लगिएको थियो । विभिन्न अस्पतालमा उपचार तथा परीक्षणपछि चिकित्सकहरूले थप उपचारका लागि भारत लैजानुपर्ने सुझाव दिएका छन् ।
खेमबहादुरका दाजु भिमबहादुर थापाका अनुसार उपचारका लागि करिब ५० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । आर्थिक अवस्था कमजोर भएकाले परिवारले यति ठूलो रकम जुटाउन नसक्ने अवस्था रहेको उनले बताए ।
दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका खेमबहादुरको उपचार खर्च जुटाउन अहिले परिवार निकै समस्यामा परेको छ । परिवारले सबैसँग मानवीय सहयोगको अपिल गरेको छ ।
“हामी गरिब परिवार हौं । उपचारका लागि घरको सबै स्रोत सकिएको छ । अब सहयोगी मन भएका सबैसँग सहयोगको अपेक्षा गरेका छौं,” दाजु भिमबहादुर थापाले भने ।

स्थानीयवासी तथा आफन्तहरूले पनि खेमबहादुरको जीवन बचाउन आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । समयमै उपचार हुन सके खेमबहादुरलाई बचाउन सकिने विश्वास परिवारको रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page