प्रदेश अस्पताल दमौलीमा डिजिटल भुक्तानी सेवा सुरु

प्रदेश अस्पताल दमौलीमा डिजिटल भुक्तानी सेवा सुरु

दमौली, जेठ २० । प्रदेश अस्पताल दमौली, तनहुँले सेवाग्राहीलाई थप सहज, छिटो तथा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले हिजोदेखि डिजिटल (अनलाइन) भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ।
अस्पताल प्रशासनका अनुसार अब सेवाग्राहीहरूले अस्पताल परिसरमा उपलब्ध गराइने QR Code स्क्यान गरी विभिन्न डिजिटल माध्यमबाट शुल्क भुक्तानी गर्न सक्नेछन्। इन्टरनेट सेवा उपलब्ध नभएको अवस्थामा अस्पताल परिसरमा उपलब्ध Wi-Fi प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
सेवा तथा बिलिङ काउन्टरमा आवश्यक विवरण प्रविष्ट गरेपछि प्रणालीबाट QR Code उत्पन्न हुने र सोही QR Code स्क्यान गरी भुक्तानी गर्न सकिने अस्पतालले जनाएको छ। भुक्तानी सम्पन्न भएपछि आवश्यक रसिद समेत प्राप्त गर्न सकिनेछ।

अस्पतालका अनुसार नगदरहित (Cashless) भुक्तानी प्रणालीले सेवाग्राहीको समय बचत गर्नुका साथै सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अस्पताल प्रशासनले सम्पूर्ण सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवाको अधिकतम उपयोग गर्न अनुरोध गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page