गजल

गजल

सत्य कुरा बोल्दा पनि तिम्रो मन रुन्छ भने ।
भो बोल्दिन अब केही मुटुभित्रै छुन्छ भने ।

तिमिलाइ हराएर~~ के नै जित्नु छ र मैले,
हारीदिन्छु हाँसिहाँसी त्यो मन खुशी हुन्छ भने।

मोडिदिन्छु बाटो पनि हामी~ हिड्ने गोरेटोको,
हिंड्दा मेरा यी पाइलाले तिम्रो बाटो थुन्छ भने।

निर्धक्क भै माया लगाउ मन परेको मान्छेसँग,
बिर्स मलाई त्यो मनले अरुलाइ नै चुन्छ भने।

आकाश धर्ती मिल्ला बरु हाम्रो कुरा नमिल्ने भो,
पापी मनले अनेकथरी ~ जालझेल बुन्छ भने।

सधैंभरी तिमिलाइ ~~ गुनै गरेजस्तो लाग्थ्यो,
के भनौँ खोइ मेरो भन्दा उस्को ठुलो गुन छ भने।

नबिना खनाल गौतम
पोखरा १९
लामाचौर

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page