दमौलीमा फुटबल मैदान निर्माणका लागि २ करोड बजेट, खेलाडी उत्साहित

दमौलीमा फुटबल मैदान निर्माणका लागि २ करोड बजेट, खेलाडी उत्साहित


व्यास नगरपालिका–३ स्थित फुटबल मैदान निर्माणका लागि आर्थिक वर्ष २०८३/०८४ को बजेटमा केन्द्र सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको छ। लामो समयदेखि खेलप्रेमी युवा र खेलाडीहरूको माग रहेको योजनाले बजेट पाएपछि स्थानीय खेलकुद क्षेत्र उत्साहित बनेको छ।
स्तरीय खेलमैदान निर्माण भएपछि युवाहरूको व्यक्तित्व विकास, खेल गतिविधिको विस्तार तथा समग्र खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। खेलाडीहरूले अब व्यवस्थित मैदानमा नियमित खेल तथा प्रतियोगिता सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आँफुहरूकाे माग बमोजिम बजेट बिनियाेजन गरेपछि स्थानीय खेलाडी एवम् बास्केटबल काेच कृष्णकुमार श्रेष्ठ जेकेले खुसी व्यक्त गर्दै अब उत्कृष्ट खेलमैदान बन्ने बिस्वास व्यक्त गरे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page