आँबुखैरेनीमा सवारी दुर्घटना : २ जना घाइते, एकको अवस्था गम्भीर

आँबुखैरेनीमा सवारी दुर्घटना : २ जना घाइते, एकको अवस्था गम्भीर


तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढावटारस्थित पृथ्वीराजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।
मुग्लिनबाट डुम्रेतर्फ जाँदै गरेको ना.३ च. ९६२२ नम्बरको तरकारी बोकेको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको बा.२ ख. २०७० नम्बरको कन्टेनर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बोलेरो चालक सुनिल विक गम्भीर घाइते भएका छन्। त्यसैगरी बोलेरोमा सवार रितीक अधिकारी को टाउको तथा दायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।


घाइते दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page