माझफाँटमा जारी पुरुषोत्तम महायज्ञमा २५ लाखभन्दा बढी दान संकलन

दमौली, जेठ २९ – व्यास नगरपालिका–९ माझफाँटस्थित शिवालय (माहेन्द्रेश्वर महादेव) मन्दिरमा सञ्चालन भइरहेको पुरुषोत्तम महायज्ञमा भक्तजनहरूको उत्साहजनक सहभागितासँगै दान संकलन पनि उल्लेखनीय बनेको छ। महायज्ञको छैटौं दिन शुक्रबार मात्रै विभिन्न व्यक्ति तथा संघसंस्थाबाट १० लाख रुपैयाँभन्दा बढी दान संकलन भएको छ भने हालसम्म कुल संकलन २५ लाख रुपैयाँ नाघेको महायज्ञका आर्थिक संयोजक नारायणप्रसाद न्यौपानेले जानकारी दिए।


कथा श्रवण, धार्मिक अनुष्ठान तथा विविध कार्यक्रम अवलोकन गर्न टाढाटाढाबाट श्रद्धालु भक्तजन महायज्ञस्थल पुगेपछि माझफाँट क्षेत्र धार्मिक वातावरणले भरिएको छ। शुक्रबार भक्तजनको उपस्थिति अघिल्ला दिनको तुलनामा उल्लेख्य रूपमा बढेको आयोजकले जनाएको छ। महायज्ञमा ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताहरूलाई बाजागाजासहित यज्ञस्थलसम्म सम्मानपूर्वक ल्याउने व्यवस्था गरिएको थियो।
शुक्रबार हितुमाया अधिकारीले ५ हजार ५५ रुपैयाँ, लक्ष्मी थापाले १० हजार ५५ रुपैयाँ, विष्णुमाया खनालले ५ हजार १०५ रुपैयाँ, अमर थापाले १० हजार १०५ रुपैयाँ, विष्णुमाया विकले ५ हजार ५५ रुपैयाँ, झिनुवाटर आमा समूहले १० हजार ५५ रुपैयाँ, फराकचौर आमा समूहले ५ हजार ५५५ रुपैयाँ, थुमकेली गाउँ आमा समूहले ५ हजार २५५ रुपैयाँ, रामबहादुर बरूवालले ११ हजार १०५ रुपैयाँ, समीर गौतमले ५ हजार ५ रुपैयाँ, तिलुमायाले ६ हजार ५०० रुपैयाँ, मेवाबारी सिम्ले टोल विकास संस्थाले १० हजार ५ रुपैयाँ, पप्पु बानियाँ क्षेत्रीले ११ हजार १११ रुपैयाँ, बाँसपानी आमा समूहले ११ हजार १५५ रुपैयाँ, गजौडे टोल विकास संस्थाले ५ हजार ५ रुपैयाँ, समाजसेवा आमा समूहले ५ हजार १५० रुपैयाँ, तीर्थबहादुर गौलीले २१ हजार ५५ रुपैयाँ, सीता अधिकारीले ५ हजार ११० रुपैयाँ, चण्डी भञ्ज्याङ आमा समूहले ५४ हजार २५५ रुपैयाँ, कमल कुमाल र सपना कुमालले ५ हजार ५५५ रुपैयाँ, रोपलाल कुमाल र निर्मला कुमालले ११ हजार १५१ रुपैयाँ, शिवचन्द्र कुमाल र सुइली मायाले ५ हजार ५५५ रुपैयाँ, सरस्वती भुजेलले ५ हजार ११० रुपैयाँ, सातबिसे आमा समूहले ५ हजार ५५ रुपैयाँ तथा अर्जुन जिसी र गोमा जिसीले १५ हजार ५ रुपैयाँ सहयोग प्रदान गरेका छन्।
त्यसैगरी होमबहादुर थापा र चन्द्रकुमारी थापाले ५ हजार ५५ रुपैयाँ, अनिल–अनिता गुरुङले १५ हजार २५ रुपैयाँ, बिन्दु थापाले ६ हजार ५ रुपैयाँ, मित्रलाल कुमाल र सरिता कुमालले ११ हजार १५५ रुपैयाँ, सरिता घर्तीले ५ हजार ५५५ रुपैयाँ, दोभान बोर्डिङ स्कुलले २२ हजार २२५ रुपैयाँ, माया भण्डारी क्षेत्रीले ५ हजार ५०५ रुपैयाँ, दीपक थापा र अञ्जु थापाले ३१ हजार १३१ रुपैयाँ, रामबहादुर थापा र गङ्गा थापाले ३१ हजार १३१ रुपैयाँ, नानीमाया थापाले ५ हजार १० रुपैयाँ, किसरीमाया थापाले ५ हजार १०५ रुपैयाँ, रमेश बानियाँले ५ हजार ५ रुपैयाँ, मेलमिलाप आमा समूहले ६ हजार ५१० रुपैयाँ, श्री लक्ष्मी आधारभूत विद्यालयले ५ हजार १०० रुपैयाँ, चिनुमाया थापाले ५ हजार १०५ रुपैयाँ, पातिघारी जलेश्वर आमा समूहले १३ हजार १०५ रुपैयाँ, गृहलक्ष्मी आमा समूहले ६१ हजार १६१ रुपैयाँ, समता विद्यालयले २३ हजार ५५ रुपैयाँ, लक्ष्मी कुँवर क्षेत्रीले ११ हजार १५५ रुपैयाँ, चन्द्रकुमारी अधिकारीले ११ हजार १११ रुपैयाँ, माया कुँवर क्षेत्रीले ११ हजार ५५५ रुपैयाँ, कमला थापाले ५ हजार १०५ रुपैयाँ तथा नरबहादुर खनाल र कृष्णमाया खनालले १० हजार १०५ रुपैयाँ सहयोग गरेका छन्।
यस्तै असारे कुमालले १० हजार १५५ रुपैयाँ, श्रीमाया थापाले २१ हजार १५० रुपैयाँ, कमला थापाले ५ हजार ५० रुपैयाँ, परासर आश्रम संरक्षण समितिले ५ हजार ५ रुपैयाँ, केशरबहादुर थापाले ५ हजार ५ रुपैयाँ, सामुदायिक अङ्ग्रेजी विद्यालयले ५ हजार ५० रुपैयाँ, कृष्णबहादुर थापाले १० हजार रुपैयाँ, शिवसिंह गुरुङले ३० हजार ९०० रुपैयाँ, मीनबहादुर कुमालले २० हजार १०५ रुपैयाँ तथा चिनामाया कुमालले ५ हजार १५ रुपैयाँ सहयोग प्रदान गरेका छन्। यसबाहेक अन्य धेरै भक्तजन तथा शुभेच्छुकहरूले पनि आर्थिक तथा नैतिक सहयोग प्रदान गरिरहेको वडा सदस्य सन्तोष जिसीले जानकारी दिए।
माहेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा जेठ २४ गतेदेखि सञ्चालन भएको महायज्ञ जेठ ३१ गतेसम्म जारी रहने समितिका सदस्य भोटबहादुर थापाले बताए। महायज्ञमा १८ पुराणका सरस प्रवक्ता बालव्यास नारायण न्यौपानेले दैनिक कथा वाचन गरिरहेका छन्।
समिति अध्यक्ष बामदेव न्यौपानेको अध्यक्षतामा सञ्चालन भइरहेको महायज्ञमा सहजीकरण भोटबहादुर थापाले गरिरहेका छन्। मन्दिर संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन तथा पञ्चमन्दिर निर्माणका लागि आवश्यक स्रोत जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको आर्थिक संयोजक नारायणप्रसाद न्यौपानेले बताए।

महायज्ञ सफल बनाउन स्थानीयवासी, युवा, आमा समूह तथा विभिन्न संघसंस्थाको सक्रिय सहयोग रहेको वडा सदस्य सन्तोष जिसीले बताए। महायज्ञ अवधिभर सहभागी भई धार्मिक लाभ लिन आयोजक संस्थाका सचिव दिलिप गुरूङले सम्पूर्ण श्रद्धालु भक्तजनलाई महायज्ञमा सहभागी हुन आग्रह गरेका छन्।





























