कर कानुन पालना नगरे सहकारीको भविष्य जोखिममा : नगरप्रमुख पण्डित
दुलेगौंडा, तनहुँ — सहकारी क्षेत्रको सुशासन र कर कानुनको पालनामा जोड दिँदै शुक्लागण्डकीमा एकदिने करसम्बन्धी तालिम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय दमौलीको आयोजना तथा सहकारी व्यवस्थापक क्लब (सीएमसी) शुक्लागण्डकीको समन्वयमा आयोजित कार्यक्रममा नगरप्रमुख कृष्णराज पण्डितले कर कानुनको पालना नगरे सहकारीको भविष्य जोखिममा पर्ने बताउनुभयो।

तालिममा कर अधिकृत हिमलाल चापागाईंले सहकारीमा लागू हुने कर प्रणाली र प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सहकारीकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।































