तनहुँ प्रहरी द्वारा प्रतिबन्धित लागुऔषधसहित पाँच जना नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय तनहुँले प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाइ नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ स्थित नयाँबस्ती क्षेत्रमा खटिएको प्रहरी टोलीले शङ्कास्पद व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो।
प्रहरीले उनीहरूको साथबाट Tramadol ३४० क्याप्सुल, Megalin ९० क्याप्सुल तथा लागुऔषध सेवनमा प्रयोग हुने Spaspain २८ क्याप्सुल, Antikof १८ क्याप्सुल र Vomin ४ क्याप्सुल गरी जम्मा ४८० क्याप्सुल बरामद गरेको जनाएको छ। साथै, गाँजाजस्तो देखिने पदार्थ ३० ग्राम, विभिन्न मोबाइल सेट तथा अन्य सामग्री समेत बरामद गरिएको छ।

घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीले लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि यस्ता अभियानलाई निरन्तरता दिइने बताएको छ।




























