रोटर्याक्ट क्लब अफ दमौलीको अध्यक्षमा सुमन राज ओझा निर्वाचित
रोटर्याक्ट क्लब अफ दमौलीको रोटरी वर्ष २०२६–२७ का लागि अध्यक्ष पदमा रोटर्याक्टर सुमन राज ओझा निर्वाचित हुनुभएको छ।
क्लबका सक्रिय, समर्पित तथा जिम्मेवार सदस्यका रूपमा परिचित ओझाले नेतृत्व क्षमता, सेवाभाव र सामुदायिक विकासप्रतिको प्रतिबद्धता निरन्तर प्रदर्शन गर्दै आउनुभएको छ। उहाँको नेतृत्वमा क्लबले सेवा, मित्रता, नेतृत्व विकास तथा आत्मविकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।
यस अवसरमा रोटर्याक्ट क्लब अफ दमौलीका सम्पूर्ण सदस्यहरूले नवनिर्वाचित अध्यक्ष ओझालाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल सफल, उपलब्धिमूलक र स्मरणीय रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

“सेवा र नेतृत्वमार्फत समाज रूपान्तरण” को लक्ष्यसहित आगामी कार्यकालमा क्लबले थप सशक्त र प्रभावकारी गतिविधि सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

























