पत्रकारिताबाट प्रशिक्षण क्षेत्रमा उदाउँदै पूर्ण विके, विभिन्न पालिकामा प्रभावकारी तालिम सञ्चालन

पत्रकारिताबाट प्रशिक्षण क्षेत्रमा उदाउँदै पूर्ण विके, विभिन्न पालिकामा प्रभावकारी तालिम सञ्चालन

तनहुँ जिल्लाको व्यास नगरपालिका स्थित दमाैलीमा रहेर करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय रहेका पूर्ण विके पछिल्लो समय प्रशिक्षक (ट्रेनर) को रूपमा पनि सशक्त पहिचान बनाउँदै अगाडि बढिरहेका छन्।
पत्रकारिताको दीर्घ अनुभवसँगै विभिन्न विषयमा प्राप्त ज्ञान र सीपलाई व्यवहारिक रूपमा प्रयोग गर्दै उनले हाल स्थानीय तहका विभिन्न वडाहरूमा नेतृत्व विकास, क्षमता अभिवृद्धि, भाषणकला, माइन्युट लेखन, डिजिटल साक्षरता तथा मोबाइलको सुरक्षित प्रयोगसम्बन्धी प्रशिक्षणहरू सञ्चालन गर्दै आएका छन्।
उनले विशेषगरी महिलाहरू लक्षित कार्यक्रममार्फत डिजिटल मोबाइलको प्रयोग, अनलाइन सुरक्षा, सामाजिक सञ्जालको सदुपयोग, तथा आयआर्जनका लागि मोबाइलबाट हुने मोनिटाइजेसनका विषयमा समेत प्रशिक्षण दिँदै आएका छन्। सहभागीहरूलाई व्यवहारिक र सरल शैलीमा सिकाउने उनको प्रस्तुति प्रभावकारी रहेको सहभागीहरूले बताएका छन् ।
प्रशिक्षक पूर्ण विकेले यसअघि भानु नगरपालिकाका विभिन्न वडाहरूमा पनि यस्ता तालिमहरू सञ्चालन गरिसकेका छन्। पछिल्लो समय व्यास नगरपालिका–१४, १३ र ९ मा सफल प्रशिक्षण सम्पन्न गरिसकेपछि हाल उनी व्यास नगरपालिका–२ मा तालिम सञ्चालनमा व्यस्त छन्। यसलगत्तै म्याग्दे गाउँपालिका–५ मा समेत महिलाहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको छ।
उनका प्रशिक्षण कार्यक्रममा सहभागीहरूले उत्साहजनक सहभागिता जनाउँदै तालिम उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्।

लामो समयको पत्रकारिता अनुभवलाई प्रशिक्षणमार्फत समाजमा उपयोगी बनाउँदै गएका विके पछिल्लो समय तनहुँमा एक सक्रिय र प्रभावकारी प्रशिक्षकको रूपमा स्थापित हुँदै गएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page