दमौलीमा विश्वकप फाइनलको ऐतिहासिक माहोल : दर्शकको बाक्लो उपस्थितिमा भव्य रूपमा सम्पन्न, आयोजक युवा टोलीलाई सर्वत्र धन्यवाद

दमौलीमा विश्वकप फाइनलको ऐतिहासिक माहोल : दर्शकको बाक्लो उपस्थितिमा भव्य रूपमा सम्पन्न, आयोजक युवा टोलीलाई सर्वत्र धन्यवाद


दमौली, तनहुँ । विश्वकप फुटबल २०२६ को फाइनल खेल दमौलीमा विशाल एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रदर्शन गरिएको कार्यक्रम उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। दमौलीस्थित जिल्ला प्रशासन कार्यालयको गेट (सफासडक) मा आयोजित कार्यक्रममा ठूलो संख्यामा फुटबलप्रेमीहरूको सहभागिता रहेको थियो।
न्यु डे डेस्टिनी सेन्टर, दमौलीको आयोजनामा १०×२० फिटको विशाल एलईडी स्क्रिन तथा प्रभावकारी साउण्ड सिस्टममार्फत फाइनल खेल प्रत्यक्ष प्रसारण गरिएको थियो। खेलभर दर्शकहरूले सामूहिक रूपमा विश्वकपको रोमाञ्च अनुभव गरेका थिए।
कार्यक्रम सफल बनाउन युवा टोलीका सुमन श्रेष्ठ, भुवन गाेसली, असिम कुमाल, गौरव खड्का, दीपक न्यौपाने र दुर्गा राज थापा लगायतका युवाहरू सक्रिय रूपमा खटिएका थिए। विशेषगरी सुमन श्रेष्ठ, असिम साउण्ड सिस्टम र दुर्गा राज थापाको समन्वय तथा मेहनतको स्थानीयले खुलेर प्रशंसा गरेका छन्।
कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरी तथा सुरक्षाकर्मीले प्रभावकारी सहयोग गरेका थिए। आयोजकले सहयोग गर्ने सम्पूर्ण दर्शक, सुरक्षाकर्मी, प्रायोजक तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्।


दमौलीमा पहिलोपटक यसरी ठूलो पर्दामा विश्वकप फाइनल सामूहिक रूपमा हेर्ने अवसर जुटेपछि खेलप्रेमीहरू उत्साहित बनेका थिए। सहभागीहरूले आगामी दिनमा पनि यस्ता सामुदायिक खेल कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।आयाेजक मध्येका युवा दुर्गा थापाले सबैकाे साथ र सहयोगले उक्त कार्यक्रम शान्तिपूर्ण रूपमा सफल भएको भन्दै दमाैलीमा पनि गरे त हुने रहेछ नी भन्ने सन्देश दिन सफल भएको बताए । थापा निरन्तर रूपमा खटिएका मध्येका युवा हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page