कमलबारीमा भएको कार दुर्घटनामा ४ जना घाइते
तनहुँकाे ब्यास न.पा. १२ कमलबारी स्थित पृथ्बीराजमार्गमा डुम्रेबाट दमौली तर्फ आउदै गरेको बा.प्र.०१-०२८च ०७२५ न.को कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । चालकले नियन्त्रण गुमाई राजमार्गबाट दाहिने साईडमा १५ मिटर तल खसी दुर्घटना हुदा कारमा सवार ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा कारका चालक का.म.न.पा. १५ बस्ने बर्ष २९ की स्वेता कपाली ,बर्ष २९ की आयुस्मा गिरी ,बर्ष ५२ की सरिता लामा र बर्ष ३३ की सुजना कपाली घाइते भएका हुन् । घाइतेको दमाैलीमा रहेको रत्नहरि अस्पतालमा उपचार भएको बताइएको छ । घाइते सबै खतरामुक्त रहेका छन् ।






















































